वर्ल्डलिंकका निर्देशक विजय जलानको निधन

नेपालखोज २०७८ वैशाख ३० गते १३:३९

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सह-संस्थापक तथा निर्देशक विजय जलानको कोभिड संक्रमणका कारण निधन भएको छ ।

कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।

४७ वर्षीय जलान करिब १५ दिनअघि अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनका पत्नी र एक छोरा छन् ।

प्रतिक्रिया