देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा
नेपालखोज
२०७८ वैशाख ३० गते १६:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय सकिंदै गर्दा एमालेइतर दलहरुमा दौडधूप सुरु भएको हो ।
राष्ट्रपतिले दिएको आज राति ९ बजेसम्मको समय सकिँनै लाग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।
देउवाले यसअघि आजै बिहान जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेट गरेका थिए । कांग्रेसको पदाधिकारी बैठक अहिले केहीबेरमा सुरु हुँदै छ ।
सम्बन्धित

प्रतिक्रिया