शुक्रबार, जेठ ४, २०८१

मान्छे भित्रको मान्छे

प्रकाश खड्का २०७८ जेठ १ गते १२:२०

बाहिरी आवरण हेर्दा
ऊ एउटा मान्छे ।
तर ऊ भित्र
असंख्य मान्छेहरू छन् ।
मानौ मान्छेहरूको
चाङै, चाङहरू छन् ।
गुलावको फूलभित्र
पत्रै-पत्र भए जस्तो ।
ऊ भित्र मान्छेका
चाङहरू छन् ।
एउटाले अर्कोलाई चिन्दैनन्
ऊ भित्रका मान्छेहरूले ।
एउटा मान्छे असंख्य अनुहारहरू लिएर हिडिरहेको छ,
मानौं ऊ एउटा बहुआयामिक
बहुरूपी हो ।
भाइरस भन्दा पनि बेजोड छ ऊ
आफ्नै रूप परिवर्तन गर्ने कलामा ।
त्यसैले हिजोआज
कसैले पनि ।
मान्छेले मान्छेलाई चिन्दैन,
अनि मान्छेलाई,
चिन्न पनि गाह्राे छ।

विराटनगर

प्रतिक्रिया