शनिबार, जेठ ५, २०८१

राष्ट्रियता !

अर्जुन पराजुली २०७८ फागुन ७ गते ८:३०

हामीसँग-
उँचाइ छैन
तैपनि उँचाइ खोक्छौं
छाती छैन
तैपनि छाती ठोक्छौं
अनुहार छैन
तैपनि ऐना हेर्छौं
टाउको छैन
तैपनि टोपी लगाउँछौं
हामीसँग देश छैन
तैपनि राष्ट्रिय-गीत गाउँछौं ।

May be an image of text

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया