शुक्रबार, चैत १६, २०८०

चीनको अर्को सफलता : मंगलग्रहमा रोभर अवतरण गराउने दोस्रो मुलुक

नेपालखोज २०७८ जेठ १ गते १०:३८

काठमाडौं । चीन मंगलग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको छ । अन्तरिक्ष यानबाट प्रक्षेपण गरेको जुरोङ रोभर मंगल ग्रहमा अवतरण भएसँगै चीनले अर्को सफलता प्राप्त गरेको हो ।

६ वटा पाङ्ग्रा भएको सो रोभर मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएको जानकारी चिनियाँ अधिकारीहरूले बीबीसीलाई दिएका छन् ।

मंगलग्रहमा अवतरित क्यामेराजडित रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्ने चीनले जानकारी दिएको छ । रोभरमा अन्य पाँचवटा उपकरण पनि जडान गरिएको र त्यसले मंगल ग्रहमा हिउँ भए-नभएको तथा त्यहाँका ढुंगाभित्र रहेका खनिज पदार्थ परीक्षण समेत गर्नेछ ।

चीनअघि अमेरिकाले मात्रै मंगल ग्रहमा रोभर अवतरण गराउन सकेको छ । यसअघि सन् २०११ मा रूस र चीनले संयुक्त रूपमा गरेको यान प्रक्षेपण विफल भएको थियो ।

अमेरिका र युएईले पनि मंगलग्रहतर्फ रोभर पठाएका छन् तर ती रोभर हाल अन्तरिक्षमै छन् ।

प्रतिक्रिया