बुधबार, जेठ २, २०८१

५०० वर्षअघि नेपालमा टमाटर पाइँदैनथ्यो

नेपालखोज २०८० भदौ १८ गते १८:१२

काठमाडौं । अहिले टमाटरको मूल्यवृद्धिले सर्वसाधारणलाइ पिरोलिरहेको छ । आज हाम्रो सबै किसिमका तरकारी र सलादको स्वाद बढाउन टमाटर प्रयोग गरिन्छ । तर के तपाईलाई थाहा छ हाम्रा पुर्खाहरुले टमाटरको स्वाद पाएका थिएनन् ?

हाम्रा पुर्खाहरूले टमाटरको स्वाद कहिल्यै नचाखेका होलान तर आज यो हाम्रो भान्सा र थालको अभिन्न अंग भएको छ । वास्तवमा टमाटर दक्षिणी एसियामा आएको ५०० वर्ष पनि भएको छैन । यस्तो अवस्थामा ५०० वर्षअघिका राजा–महाराजाहरूले पनि टमाटरको स्वाद चाखेका थिएनन् ।

नेपालको कुरा छोडौं अष्ट्रेलिया, अफ्रिका वा युरोपका मानिसहरूले पनि लगभग ५०० वर्ष अघिसम्म टमाटरको अनुहार सम्म देखेका थिएनन्। वास्तवमा, त्यतिबेला टमाटर अमेरिकी महाद्वीपमा मात्र उपलब्ध थियो ।

अमेरिकी महाद्वीपका मानिसहरू टमाटरको स्वाद लिने पहिलो व्यक्ति थिए। यस्तो अवस्थामा युरोपेली यात्री कोलम्बसले १४९२ मा अमेरिका पत्ता लगाएपछि मात्र विश्वलाई टमाटरका बारेमा जानकारि भयो ।

स्पेनीसहरूले १६ औं शताब्दीमा एज्टेक मानिसहरूबाट टमाटर प्राप्त गरे र त्यसपछि बिस्तारै यो संसारभर फैलियो। दक्षिण एसियामा टमाटर ल्याउने श्रेय पोर्चुगिज व्यापारीहरूलाई जान्छ। यही कारणले गर्दा बंगालका केही भागमा यसलाई ‘बेलायती बैंगन’ भनिन्छ। दक्षिण एसियामा टमाटरलाई निकै मन पराइयो र १८ औं शताब्दीदेखि यहाँ ठूलो मात्रामा टमाटर खेती हुन थाल्यो ।

आज अवस्था कस्तो छ भने टमाटर उत्पादनमा हाम्रा दुई छिमेकि चीन संसार मै पहिलो र भारत विश्वमा दोस्रो स्थानमा छन ।

प्रतिक्रिया