ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

नेपालखोज २०७८ जेठ १ गते १९:४५

काठमाडौं । ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।

निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको महाप्रबन्ध डिमप्रकास पौडेलले जानकारी दिए ।

प्रतिक्रिया