भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै जसपाको गम्भीर ध्यानाकर्षण

नेपालखोज २०७८ जेठ १ गते २१:०४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयन भएको भनि सञ्चार माध्यम र सामाजिक सञ्जालमासमेत समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले शनिबार एक विज्ञप्ती जारी गर्दै संसदीय दल हालसम्म समायोजन नभएको र दलको विधानसमेत नबनेको जनाएको छ ।

पार्टी संसदीय दल हासम्म समायोजन नभएको साथै दलको विधानसमेत नबेको तथा जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान( २०७७ को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनु पर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन समेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकोले उक्त समाचार भ्रमपूर्ण रहेकाले सम्बन्धीत सबैमा जानकारीसहित स्पष्ट गरिन्छ( शनिबार जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया