बाबुरामले प्रधानमन्त्री ओलीलाई भेटेको खुलासा

नेपालखोज २०७८ जेठ २ गते ९:०५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलासा भएको छ । पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार आफैँ ओलीलाई आफूले भेटेको खुलासा गरेका हुन् ।

ट्वीटरमार्फत् उनले भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण दिएका हुन् । ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान÷पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन् ।

उनले अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् ।

ओली निकट एमाले नेता महेश बस्नेतले हालै एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया