सिंहदरबारमा सीसीएमसी बैठक, अक्सिजन आपूर्तिमा छलफल केन्द्रित
नेपालखोज
२०७८ जेठ २ गते १४:२६

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बैठक सिंहदरबारमा जारी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न अस्पतालमा भएको उपकरण अभाव तथा अक्सिजनको अभाव व्यवस्थापनमा चाल्नुपर्ने कदमका विषयमा आजको बैठकले निर्णय लिने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया