सोमबार, वैशाख १५, २०८२

कोरोना संक्रमितलाई भूईँमा राखेर उपचार गरिदैँ

नेपालखोज २०७८ जेठ २ गते १७:४२


काठमाडाैं । शय्या अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूईँमै बसेर उपचार गराइरहेका छन् ।

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भिर बिरामीको संख्या पनि थपिदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो ।

संघीय राजधानी काठमाण्डौंको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि शय्या अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर बिरामीको उपचार गराइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनेर रटान लगाईरहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै यस्तो दृश्य देखिएको छ ।

शय्या अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईँ मै राखेर विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् । आकस्मिक कक्ष बाहिर छरिएर बसेका विरामीहरु सबैले अक्सिजन लिईरहेका छन् ।

कतिपय विरामी त छत विनाको खुल्ला स्थानमा बस्न बाध्य भएका छन् । दिउँसोको घाम र रातको सित खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएका छन् ।

प्रतिक्रिया