गोलकिपर विकेश र मिडफिल्डर तामाङ राष्ट्रिय टिमबाट बाहिरिए
नेपालखोज
२०७८ जेठ २ गते २०:३३

काठमाडौं । नेपाली टिमका नियमित सदस्य तथा गोलकिपर विकेश कुथु र मिडफिल्डर तेज तामाङ राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।
विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले बोलाएको बन्द प्रशिक्षणमा विकेश र तेज तामाङ परेका छैनन् । प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षणका लागि छनोट गरेको ३२ खेलाडीको सूचीमा विकेश र तेज नपरेका हुन् ।
यस अघि एन्फाले निकालेको सूचीमा दुबै खेलाडी थिए । तर, नेपाल सुपर लिग सकिएपछि प्रशिक्षक अब्दुल्लाहले निकालेको नयाँ सूचीमा दुबै खेलाडी नपरेका हुन् । आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण र विश्वकप छनोट खेलका लागि नेपालले बुधबारबाट प्रशिक्षण थालेको हो ।
सम्बन्धित

प्रतिक्रिया