पत्रकार कल्याणकारी कोषमा लिबर्टी इनर्जीका डाइरेक्टर राम पाण्डेद्वारा २० हजार रुपैयाँ सहयोग
नेपालखोज
२०७८ जेठ ३ गते १०:३०

तनहुँ । प्रभु बैंकका पूर्वसञ्चालक, प्रभु लाइफ इस्योरेन्सका पूर्वअध्यक्ष, आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्ष तथा लिबर्टी इनर्जीका डाइरेक्टर राम पाण्डेले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेका कल्याणकारी कोषमा २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
भानु नगरपालिका ९, पुर्कोटका पाण्डेले उक्त रकम नेपाल बैंक लिमिटेड दमौली शाखामा रहेको काल्याणकारी कोषको खाता नं. ०६०००१००३३५३३१०००००१ मा जम्मा गरेका हुन् । पाण्डेले सञ्चारकर्मीको हितका लागि खडा गरिएको यस कल्याणकारी कोषमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले पत्रकार, शुभेच्छुक, सहयोगी संस्था तथा व्यक्तिहरुलाई कल्याणकारी कोषमा सहयोग गर्न आग्रह गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया