नेपाली सेनाद्वारा ‘सफा हिमाल अभियान २०२१’ को आधा यात्रा पूरा

नेपालखोज २०७८ जेठ ३ गते १७:०६
Print


काठमाडौं । नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यक्रम मार्फत माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लाम लगायतका छ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफ वे मार्क सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा एक सय १२ जना सदस्यहरु रहेकाछन् । यस अभियान औपचारिकरुपमा अप्रिल १३,२०२१ मा सुरु भयो र हाल सम्म छ वटा हिमालयहरुबाट २१ हजार एक सय ६७ किलोग्रामको फोहोर संकलन गरिएको छ ।

जसमा एक हजार आठ सय ६८ किलोको बायो-डग्रेडेबल फोहोर र १९ हजार दुई सय ९९ किलोको नन-बायो डिग्रेडेबल फोेहोरहरु समावेश रहेका छन् ।

टोलीले संकलन गरेको फोहोरहरुमा खारेज गरिएको अक्सिजन ट्याङक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु समावेश रहेका छन् ।

यस बाहेक पहिला दुर्घटना भएको एनएसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँहरुबाट पर्वतारोहण गियर सहित दुई मानव अवशेषहरु पनि धौलागिरी टोलीले रिट्राइभ गरेको छ र मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धानहरु सुरु गरिएको छ ।

हिमाल सफाई अभियान २०७८ का मिडिया को अर्डिनेटर लेफ्टिनेन्टकर्नेल दिपक भण्डारीले भने “ छ वटा हिमालहरु सफा गर्ने उदेश्यले अभियानमा खटाइएका टोलीले स्थानीय सरकारसँगको नजिकको समन्वयमा समर्पणका साथ फोहोर संकलन गर्ने कार्यमा लागि परेकाछन् ।

हिमालयहरुको यात्रा पक्कै पनि कठिन हो र साथै हाम्रो टोलीलाई यस महानअभियानको हिस्सा हुन नम्र तुल्याइएको छ र हामी सकेसम्म धेरै फोहोरहरु उठाउन कटिबद्ध छौं ।

सफा हिमाल अभियानको लक्ष्य भनेको प्रकृति र वातावरणको संरक्षण गरेर छ वटा हिमालहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको लागि हो ।

टोलीहरु स्थानीय सरकार, स्थानीय सरोकारवालाहरु र सबै सम्बन्धित साझेदारहरु सँग घनिष्ट समन्वयमा काम गर्दे आएकाछन । फोहोर संकलन गतिविधिहरु सम्पन्न भएपछि संकलन गरिएको फोहोरलाई थप रिसाइक्लिङको लागि रिसाइक्लिङ पार्टनरलाई हस्तान्तरण गरिनेछ ।

नेपाल पर्यटन बोर्डका सीईओ डा. धनंजय रेग्मीले भने, “हिमाल चढ्ने काम धेरै नेपाली र विदेशीहरुको लागि एक ठूलो स्पोर्ट हो र धेरैले यसलाई जितेका छन् । साथै हाम्राभावी पुस्ताहरुका लागि हिमालयलाई सम्मान र संरक्षण गर्ने हाम्रो जिम्मेवारी रहेको छ । नेपाल सरकार, नेपाली सेना र अन्य धेरै निजी साझेदारहरु हिमालयको सुरक्षाको लागि एकताबद्ध भएर जम्मा भएको देख्नु अत्यन्त सुखद रहेको छ ।”

प्रतिक्रिया