बुधबार, असार ११, २०८२

दुईपटकको ओलम्पिक पदक विजेता सुशील कुमारबारे सूचना दिनेलाई १ लाख इनाम

नेपालखोज २०७८ जेठ ३ गते २२:११

नयाँदिल्ली । एक पहलमानको हत्या आरोप लागेका सुशील कुमारबारे सूचना दिनेलाई दिल्ली प्रहरीले एक लाख रुपैयाँ इनाम दिने घोषणा गरेको छ ।

सुशील कुमारका साथ अर्का अभियुक्त अजय पनि फरार छन् । अजयबारे जानकारी दिनेलाई भने दिल्ली प्रहरीले ५० हजार रुपैयाँ इनाम दिने घोषणा गरेको छ ।

सुशील कुमारसँगै अन्य अभियुक्तविरुद्ध हत्या आरोपमा वारेन्ट जारी गरिएको बीबीसीमा समाचार छ ।

हरियाणाको सोनिपतका सागर राणा हालै दिल्लीको छत्रसाल रंगशालामा पहलमानबीच भएको झगडामा मारिएका थिए । दिल्ली प्रहरीमा परेको प्रारम्भिक उजुरीका साथै प्रहरीको आफ्नै अनुसन्धानले यो घटनामा अर्थात सागर राणाको मृत्यु हुनुमा सुशील कुमारसँगै उनका साथीहरु संलग्न रहेको पाइएको छ ।

अहिले फरार रहेका सुशील कुमार दुईपटकको ओलम्पिक पदक विजेता हुन् ।

प्रतिक्रिया