अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सर्वोच्चको आदेश

नेपालखोज २०७८ जेठ ४ गते १९:३७

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा खाली ठाउँ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्न आदेश दिएको हो ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतले त्यस्ता उपचार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरी प्रभावकारी उपचार गर्नु भनी सरकारका नाममा आदेश दिएको छ ।

स्वास्थ्य विज्ञहरुको सल्लाह सुझावअनुसार छुट्टै संयन्त्र बनाइ कोरोना नियन्त्रण, रोकथामका लागि व्यवसथा गर्न पनि सर्वोच्चले आदेश दिएको हो ।

प्रतिक्रिया