बुधबार, असार ११, २०८२

भारतको उत्तर प्रदेशमा कोरोना भाइरसबाट थप एक मन्त्रीको निधन

नेपालखोज २०७८ जेठ ५ गते १६:२७

काठमाडाैं । भारतको उत्तर प्रदेशमा कोरोना भाइरसबाट थप एक जना मन्त्रीको ज्यान गएको छ । प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यपको कोरोना सङ्क्रमणबाट ज्यान गएको बीबीसीले जनाएको छ । 

यसअघि उत्तर प्रदेशका मन्त्रीहरू चेतन चौहान र कम रानी वरुणको पनि कोरोना सङ्क्रमणबाटै ज्यान गइसकेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमन्त्री कश्यपको हिजो निधन भएको जानकारी दिँदै मृत्युप्रति दुःख व्यक्त गरेका बीबीसीले जनाएकाे । 

५६ वर्षका कश्यपको गुडगाउँमा रहेको मेदान्ता अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।  

प्रतिक्रिया