सुनको मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ जेठ ६ गते १२:१९

काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज तोलामा चार सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो भने सुनकाे भाउ तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार तीन सय रुपैयाँ काराेवार भएको थियो । तर, आज फेरि सुनको भाउ बढेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलामा १३ सय ७० रुपैयाँ रहेको चाँदी आज १३ सय ६० रुपैयाँमा काराेवार हुँदै छ ।
सम्बन्धित
प्रतिक्रिया