नेकपा एमालेले बाेलायाे आकस्मिक स्थायी कमिटी बैठक

नेपालखोज २०७८ जेठ ६ गते १२:३४

काठमाडाैं । नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा राष्ट्रियसभा उपचुनाव र आउँदो बजेटबारे छलफल हुने बताइएकाे छ ।

यस्तै खनाल-नेपाल समूहसँग वार्ता गर्न गठन भएको वार्ता टोलीले बैठकमा रिपोर्टिङ गर्ने बताइएकाे छ । एमालेको पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा स्थायी कमिटी बैठक बोलाइएको हो ।

प्रतिक्रिया