ओलीले बेलायती राजदूत निकोलालाई भने- एस्ट्राजेनेका उपलब्ध गराइदिनुपर्यो
नेपालखोज
२०७८ जेठ ६ गते १४:२५

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारमा बिहीबार (आज) भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । विशेषगरी कोभिड-१९ विरुद्धकाे लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भएको जनाइएकाे छ ।
भेटमा प्रधानमन्त्री ओलीले बेलायतले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पनि आग्रह गरे ।
सम्बन्धित

प्रतिक्रिया