एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, उप-निर्वाचनबारे समीक्षा हुँदै
नेपालखोज
२०७८ जेठ ६ गते १५:१३

काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभाको उप निर्वाचन सकिनु केही अघि सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ।
बालुवाटारमा जारी बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए। राष्ट्रियसभाको उप-निर्वाचनका विषयमा समेत बैठकमा समीक्षा हुँदैछ। उक्त बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ। ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन्।

राष्ट्रिय सभाको उप-निर्वाचनमा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापालाई एमालेको माधवकुमार नेपाल समूहले असहयोग गरेको छ। उक्त विषयबारे पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन्। नेकपा एमालेको विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन भएको भए पनि कार्यदलले विवादका विषयमा छलफल गर्न सकेको छैन।
सम्बन्धित

प्रतिक्रिया