हेलिकोप्टरको भाडा घट्यो
नेपालखोज
२०७८ जेठ ६ गते १६:५६

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरको नयाँ भाडदर सार्वजनिक गरेको छ। २०७२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको भाडादरमा केही घटाएर नेपाली नागरिकका लागि नयाँ भाडादर तय गरिएको जानकारी दिएको छ।
एएस३५०बी सिरिजका हेलिकोप्टरको भाडा यसअघि प्रति घण्टा १ हजार पाँच सय अमेरिकी डलर रहेकोमा अहिले त्यसलाई घटाएर १ हजार २ सय अमेरिकी डलर कायम गरिएको प्राधिकरणले जानकारी दिएको छ। महामारीको समयमा नेपाली नागरिकलाई सहुलियत होस भनेर भाडा घटाउन निर्देशन यसअघि दिएको छ।
भाडा घटे पनि कोरोना संक्रमित बिरामी बोक्नका लागि भने प्रति उडान थप १ लाख रुपैयाँ लाग्ने छ। हेलिकोप्टर सेवाप्रदायकहरुले बिरामीका लागि मेडिकल टिम तथा उपकरणको व्यवस्था तैनाथ राख्नुपर्ने भएकाले अतिरिक्त शुल्क आवश्यक हुने बताउँदै आएका छन्।
सम्बन्धित

प्रतिक्रिया