जसपाका दुई धार छुट्टाछुट्टै छलफलमा

नेपालखोज २०७८ जेठ ७ गते १०:४५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझसम्म नयाँ सरकार गठनको समय तोकेपछि जनता समाजवादी पार्टी (जसपा) पनि छलफलमा जुटेको छ ।

संविधानको धारा ७६को उपधारा ५ अनुसार सरका गठनको प्रकृया सुरु भएपछि जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।

ठाकुुरपक्षीय सांसदहरुको बैठक सिंहदरबारस्थित कार्यालयमा बसेको छ । ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको थिएन ।

त्यसैगरी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका एक नेता पनि छलफलमै छन् ।

जसपाले ओलीलाई साथ दिन्छ कि आफ्नै नेतृत्वमा सरकार गठन गर्न अघि सर्छ भन्ने महत्वकासाथ हेरिएको छ ।

प्रतिक्रिया