साढे १२ बजे प्रधानमन्त्रीको पत्रकार सम्मेलन

नेपालखोज २०७८ जेठ ७ गते ११:३२

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमपछि संसदबाट विश्वासको मत नलिने निर्णयमा पुुगेका प्रधानमन्त्री ओलीले आफ्नो धारणा राख्नको लागि पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलन आज दिउसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया