‘अहिले एकीकरणसहितको एमाले भएकाले जिम्मेवारी बाँडफाँड र समस्या समाधान हुन्छ’
नेपालखोज
२०७८ जेठ ७ गते १४:१२

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा लैजानु भनेको दुई पार्टी एकीकरणअघिको अवस्था नभइ एकीकरणसहितको अस्थामा फर्कनु रहेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दुई पार्टी एकीकरणपछि राखेको नाम अर्को पार्टीसँग जुधेर दर्ता खारेज भए पनि एकीकरण खारेज नभएकाले पार्टी अलग भएपछि पनि एमालेमै रहेका एकीकरणताकाका नेताहरूलाई हटाउन नसक्ने बताए ।
उनले अहिले एकीकरणसहितको एमाले भएकाले त्यहीअनुसार पार्टीको जिम्मेवारी बाँडफाँड र समस्या समाधान हुने बताए । एमालेभित्रका असन्तुष्ट पक्षहरूले लोकतन्त्र र संसदीय प्रणालीकै धज्जी उडाइरहेको ओलीकाे भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया