आइतबार, वैशाख १६, २०८१

के कृत्रिम बुद्धिमत्ताले मानवतालाई निल्नेछ ?

नेपालखोज २०८० असार १४ गते १०:५३

काठमाडौं । हालैको समयमा एआईका बारेमा सुनिने चेतावनी कुनै नयाँ कुरा होइन ।

यो कुरा दशकौं अघिदेखि भनिँदै आएको छ र विज्ञान-कथादेखि चलचित्रहरूमा पनि एआईले सारा संसारलाई पूर्ण रूपमा कब्जा गरेको देखाइएको छ । तर के यो साँच्चै हुन सक्छ ? विज्ञहरू यो प्रश्नमा फरक – फरक जवाफ दिन्छन् ।

यो प्रश्नको मूल यस तथ्यमा आधारित छ कि के हुन सक्छ, जसका कारण मानवता पूर्ण रूपमा समाप्त हुनेछ ? जुन परिस्थितिमा यस्तो हुने डर छ, त्यो मानव क्षमताहरू पूर्ण रूपमा प्राप्त गरेको र मानव नियन्त्रणबाट मुक्त हुने मेसिनहरूसँग सम्बन्धित छ ।

अहिलेको अवस्थामा मेसिनहरू पूर्णतया मानव नियन्त्रणमा छन् अर्थात रोबोटलाइ चाहेको बेला रोक्न सकिन्छ । यद्यपि एउटा आशंका के छ भने एआई अर्थात् आफैं सोच्न र कार्य गर्न सक्षम मेसिनहरूले बन्द हुन अस्वीकार गरे भने के हुन्छ ?

एआई विशेषज्ञ योशुआ बेन्जियोले यहि महिनाको एक सम्मेलनमा भने, ‘जब मेसिनहरूले आत्म-रक्षालाई आफ्नो लक्ष्य बनाउँछन तब हामी समस्यामा पर्छौ ।’

दार्शनिक जवाफ

यद्यपि त्यस्ता मेसिनहरू अहिलेसम्म अस्तित्वमा नभएकाले यसले मानवतालाई नष्ट गर्न सक्छ भन्ने कुरा काल्पनिक र विज्ञान कथामा मात्र सुनिन्छ र यसको जवाफ दार्शनिक रूपमा मात्र दिन सकिन्छ । दार्शनिक निक बोस्ट्रमले ‘खुफिया विस्फोट’ ( ‘इन्टेलिजेन्स एक्सप्लोजन ) का बारेमा लेखेका छन् । सुपर इन्टेलिजेन्ट मेसिनले आफैँ मेसिन बनाउन थालेपछि यस्तो हुने उनको भनाइ छ ।

बोस्ट्रमको विचारलाई धेरैले काल्पनिक भन्दै खारेज गरे तर उनको बिचार मानिस आफैँ पनि कम्प्युटर सिमुलेशन हो भन्ने आधारभूत सिद्धान्तका आधार बनाइएको थियो । एआईमा बोस्ट्रमको विचारले उद्योगपति एलोन मस्क र पछिल्लो शताब्दीका महान् वैज्ञानिक स्टेफन हकिङलाई प्रभाव पारेको छ।

के मेसिनले मानिसलाई मार्न सक्छ ?

यसको अर्को पक्ष पनि छ – यदि सुपरइन्टेलिजेन्ट मेसिनहरू साँच्चै मानिसलाई हटाउने काममा लागे भने त्यसका लागि तिनीहरू भौतिक रूपमा हुनुपर्छ। अर्नोल्ड श्वार्जनेगरको प्रसिद्ध फिल्म ‘द टर्मिनेटर’ मा पनि यस्तै देखाइएको थियो ।

मिडियामा यो विचारले धेरै स्थान पाए पनि विज्ञानले यो विचारलाई अस्वीकार गरेको छ । २०२१ मा, ‘Stop Killer Robots’ (स्टप किलर रोबोट्स ) अभियानले एउटा रिपोर्ट जारी गर्‍यो, ‘यदि यो वैज्ञानिक कथा कहिल्यै सत्यमा परिणत भयो भने पनि त्यो आगामी दशक सम्ममा सम्भावना छैन ।’

यद्यपि, रिपोर्टले चेतावनी दिएको छ – मेसिनहरूलाई जीवन र मृत्युको निर्णय गर्ने शक्ति दिनुले अस्तित्वमा खतरा निम्त्याउन सक्छ ।

क्यानाडाको वाटरलू विश्वविद्यालयका रोबोटिक्स विशेषज्ञ कर्स्टिन डोटेनहान यी आशंकाहरूलाई आधारहीन मान्छन्। उनी भन्छिन् – एआईले मेसिनलाई यस्तो तर्क क्षमता दिने सम्भावना छैन कि उनीहरूले मानिसलाई नै समाप्त पार्ने कुरा सोच्न थालुन् । ‘रोबोटहरू खराब छैनन्,’ डोटेनहान भन्छन् । योसँगै उनी कम्प्यूटर प्रोग्रामले रोबोटलाई नराम्रो काम गर्न तयार पार्न सक्ने पनि बताउँछन् ।

मानिस पनि खतरनाक छन्

एआईले मानवताको अन्त्य गर्ने सम्भावित परिदृश्य हुन सक्छ – केही खराब मानिसले विषाक्त रसायन वा भाइरसहरू सिर्जना गरेर संसारलाई नष्ट गर्छन् । जिपिटि थ्री (GPT-3 )जस्ता भाषिक कम्प्यूटर मोडलहरूमा शक्तिशाली रसायन विज्ञान सिर्जना गर्ने क्षमता देखाइएको छ।

एआईको सहयोगमा नयाँ औषधिको खोजीमा संलग्न वैज्ञानिकहरूले एउटा प्रयोग गरेका थिए । खतरनाक अणुहरू पत्ता लगाउन उनिहरुले आफ्नो एआई मोडलमा परिवर्तन गरे । नेचर मेसिन इन्टेलिजेन्स जर्नलमा प्रकाशित उक्त अनुसन्धान अनुसार ती वैज्ञानिकहरूले ६ घण्टाभित्र ४०,००० सम्भावित विषाक्त रसायन बनाउने सूत्र फेला पारेका थिए ।

बर्लिनको हर्टी स्कूलकि एआई विशेषज्ञ जोआना ब्रायसन भन्छिन् – ‘एआईको सहयोगले एन्थ्र्याक्स जस्तै विष फैलाउने उपायहरू पत्ता लगाउन सकिन्छ ‘। उनका अनुसार , ‘तर यसले मानव अस्तित्वलाई खतरामा पार्ने छैन । यो एकदमै भयानक र खराब हतियार मात्र हो ।’ –AFP

प्रतिक्रिया