प्रधानमन्त्रीमा फेरि दाबी गर्छु : ओली
नेपालखोज
२०७८ जेठ ७ गते १४:३३

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू नयाँ बन्ने प्रधानमन्त्रीका लागि दावी गर्ने प्रयासमा रहेको बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘प्रतिनिधिसभाको सदस्यको हिसाबमा मैले दावी गर्न सक्छु। मसँग १२१ मतभार छ। १२१ मतभार भएकाले अलि सजिलो होला कि । समर्थन पाएमा भरपर्दो आधार लागेमा राष्ट्रपतिले मलाई प्रधानमन्त्री बनाउनुहुन्छ।’
उनले फेरि आफू प्रधानमन्त्री बने एक महिनाभित्र विश्वासको मत लिने बताए। ‘सरकार बनाएँ भने एक महिनाभित्र विश्वासको मत लिनेछु, उनले भने, त्यसबेला पनि विश्वासको मत दिएन भने संसद विघटन गर्यो भन्न पाइने छैन।’
सम्बन्धित

प्रतिक्रिया