औषधि उत्पादक संघले भन्यो- औषधि पर्याप्त छ, मूल्य बढेको छैन
नेपालखोज
२०७८ जेठ ७ गते १७:४९

काठमाडौं । नेपाल औषधि उत्पादक संघ नेपालले प्यारासिटामोललगायत औषधि पर्याप्त रहेको बताएको छ । बजारमा सिटामोलसमेत नपाएको खबर आएको भन्दै संघले अहिले औषधि अभाव नभइ ढुवानी तथा कुरियरमा समस्या आउँदा केही ठाउँमा अभाव देखिएको र वितरणलाई सुधार गर्ने पहल भइरहेको बताएको छ ।
बिहीबारसम्मको विज्ञप्ति जारी गर्दै मौज्दात हेर्दा कुनै पनि औषधिको अभाव नभएको भन्दै अनावश्यक खरिद र भण्डारण नगर्न विक्रेता तथा उपभोक्ताहरूलाई संघले आग्रह गरेको छ ।
त्यस्तै, संघले अहिले कुनै पनि औषधिको मूल्य नबढाएकाले बढी मूल्यमा किनबेच नगर्नसमेत आग्रह गरेको छ ।


सम्बन्धित

प्रतिक्रिया