राष्ट्रपति र प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको चेतावनी : मध्यावधि चुनाव महँगो पर्नेछ
नेपालखोज
२०७८ जेठ ८ गते ७:४६

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मध्यावधि चुनाव गराउने निर्णय राष्ट्रपति र प्रधानमन्त्रीलाई महंगो पर्ने चेतावनी दिएका छन् ।
शुक्रबार मध्यराति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेपछि उनले मध्यराती १ बजे नै सामाजिक सञ्जालमार्फत महाव्याधिका बेला मध्यावधि चुनाव गराउने रंगिन सपना महंगो पर्ने बताएका हुन् ।
‘संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ,’ शर्माले ट्वीटरमा लेखेका छन्, ’महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ! तर हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ।’
सम्बन्धित

प्रतिक्रिया