प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई नेपाली जनताले क्षमा गर्दैनन् : नेता सिंह

नेपालखोज २०७८ जेठ ८ गते ११:३६

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पटक/पटक संविधान र  लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा दिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै नेता सिंहले कोभिड-१९ महामारीका बेला देशको प्राथमिकतामा जनताको जीवन रक्षा गर्ने हुनुपर्नेमा एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा पछिल्लो घटनाले उदाङ्गो पारेको बताएका छन् ।

प्रतिनिध सभा विघटन गर्ने कार्यले प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार  गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको भन्‍दै त्‍यसको जति भर्त्सना गरे पनि कम हुने उनको भनाइ छ ।

प्रतिक्रिया