प्रतिनिधिसभा विघटनपछि परामर्शमा सभामुख सापकोटा
नेपालखोज
२०७८ जेठ ८ गते १३:३९

काठमाडाैं । प्रतिनिधिसभा विघटनपछि सभामुख अग्नि सापकोटाले परामर्श थालेकाे बताएका छन् । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदसँग आजैबाट परामर्श थालेको बताइएकाे छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गर्दा समेत सभामुख सापकोटाले विरोध जनाएका थिए ।
शुक्रबार मध्यराति ओली दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाको धारणा बाहिर आएको छैन । नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख भएका सापकोटा प्रधानमन्त्री ओलीको हरेक असंवैधानिक कदमहरुको आलोचना गर्दै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया