दिल्लीमा १८-४४ बर्षकालाई कोभिड खोप दिन रोक
नेपालखोज
२०७८ जेठ ९ गते ८:२५

काठमाडौं । भारतको दिल्ली सरकारले आजदेखि १८ बर्षदेखि ४४ बर्षसम्म उमेर समूहलाई दिइदै आइएको कोरोना भाइरसविरुद्धको खोप अभियान बन्द गरेको जनाएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिजो (शनिबार) एक पत्रकार सम्मेलन गर्दै आज (आइतबार)देखी सो उमेर समूहका मानिसहरुलाई दिइदै आएको कोरोना खोप अभियान बन्द गरिएको जानकारी गराएका हुन् ।
केन्द्र सरकारले थप भ्याक्सिन उपलब्ध नगराएकाले उक्त समूहलाई तत्कालका लागि खोप दिन बन्द गरिएको उनले बताएका थिए ।
भारतीय संञ्चारमाध्यमकाअनुसार मुख्यमन्त्री केजरीवालले छिटोभन्दा छिटा भ्याक्सिन उपलब्ध गराउन अपिलसमेत गरेका छन् । उनका अन’सार दिल्लीमा हरेक महिन ८० लाख भ्याक्सिन डोज आवश्यक पर्छ ।
पछिल्लो समय दिल्ली, पश्चिम बंगाल लगाएका राज्यहरुले केन्द्र सरकारले आवश्यक भ्याक्सिन उपलब्ध नगराएको भन्दै आक्रोश पोखिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया