भारतमा फेरि अर्को यास नामक आँधीको चेतावनी, सचेत रहन आग्रह
नेपालखोज
२०७८ जेठ ९ गते ११:५०

काठमाडाैं । भारतमा फेरि अर्को आँधीको चेतावनी जारी भएको छ । अरब सागरमा उत्पन्न भएको ताउ-ते चक्रवातको प्रभाव झेलेको केही दिनमै यास नामको चक्रवात उत्पन्न भएको भारतको मौसम विभागले जनाएको छ ।
बङ्गालको खाँडीमा उत्पन्न हुने चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिसा राज्यमा प्रभाव पार्ने राष्ट्रिय विपद् व्यवस्थापन विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि सेनालाई तयारी अवस्थामा राखिएको बताए ।
भोलि बेलुकासम्म समुद्रबाट उठ्ने आँधी आउँदो बुधवार तटीय क्षेत्रमा ठोक्किने बताइएको छ । पश्चिम बङ्गाल र ओडिसाको तटीय क्षेत्रमा एक सय ६५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावा चल्नुकासाथै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागलाई उदृत गर्दै बीबीसीले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया