इलामको पुरानो घर अर्थात् पूर्ण भण्डार (तस्बिर कथा)
विमल वैद्य
२०७८ जेठ १० गते ८:३१

काठमाडौं । एक जमानामा इलामको डिपार्टमेन्टल स्टोर जहाँ सुनदेखि फालीसम्म, मसला-जुत्तादेखि पुस्तकसम्म पाइन्थ्यो ।
उस जमानामा भारतको वैधनाथ र डाबरको डिलर मात्र होइन बीएससी जुत्ताको अधिकृत बिक्रेतासमेत थियो यो पसल ।
बनारसमा मुद्रण भएको हरेक पुस्तकका साथै दिल्लीको मेरठबाट खेलकुदका सामानहरू पनि यही पसलमा आइपुग्थ्यो । यो घरमा इलामको पहिलो निजी छापाखाना (चन्द्रा प्रिन्टिङ प्रेस) तथा प्रकाशन गृह पनि थियो ।
उहिलेका इलामेहरूले यो घरलाई ‘पूर्ण भण्डार’ भनेर चिन्थे, पछि यसको नाम ‘सिर्जना स्टोर’ भयो ।
सम्बन्धित
प्रतिक्रिया