विपक्षी गठबन्धनको रिटमा नेता लेखक र रावलले पनि बहस गर्ने

नेपालखोज २०७८ जेठ १० गते १५:३८

काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गरेको रिटमा रिट निवेदकका तर्फबाट कांग्रेस नेता एवं अधिक्ता रमेश लेखक र एमाले नेता एवं भीम रावलले पनि बहस गर्ने भएका छन् ।

लेखक र रावलसँगै विपक्षी गठबन्धनको पक्षबाट कांग्रेस नेतृ तथा अधिवक्ता पुष्पा भुषालले पनि बहस गर्ने भएकी छन् ।

योसँगै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल र टिकाराम भट्टराईलगायतका अधिवक्ताहरुले पनि बहस गर्ने कांग्रेस नेता रमेश लेखकले जनाकारी दिए ।

प्रतिक्रिया