गोरखा र चितवनका ग्रामीण भेकका स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान
नेपालखोज
२०७८ जेठ ११ गते १४:५३

काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई आठ थान अक्सिजन कन्सेन्ट्रेक्टर स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
सामाजिक उत्तरदायित्व अर्नतगत जिल्लाका ग्रामिण भेगमा संचालित स्वास्थ्य सेवालाई यो सामाग्री उपलब्ध गराएको हो । कोभिड १९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो ।
ट्रष्टले मनकामना हेल्थपोष्ट १, घैरुङग अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थपोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामाग्री उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित
प्रतिक्रिया