संक्रमित भन्दा निको हुनेको संख्या बढी, ६ हजार ७१४ मा कोरोना संक्रमण, ६ हजार ७१६ जना डिस्चार्ज

नेपालखोज २०७८ जेठ १२ गते १६:५३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरबाट १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, २४ घण्टामा थप ६ हजार ७१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने थप १४५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया