सेयर कारोबार रकममा उच्च रेकर्ड, एकैदिन १४ अर्ब ७६ करोडको सेयर किनबेच
नेपालखोज
२०७८ जेठ १३ गते १५:३१

काठमाडौं । नेपालको सेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ । बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
बिहीवार चार करोड १८ लाख कित्ता सेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो । कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन नेप्से भने सामान्य घटेको छ । नेप्से एक दशमलव २० अङ्कले घटेर २८ सय १५ दशमलव ४० बिन्दुमा पुगेको छ ।
सबैजसो लघुवित्त कम्पनीको सेयर घटेको छ । लघुवित्त समूहको सेयर घटे पनि जलविद्युत् समूहको सेयर भने उकालो लागेको छ । २० वटा जलविद्युत् कम्पनीको सेयर झण्डै १० प्रतिशतका दरले बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया