आइतबार, असार २२, २०८२

साताको अन्तिम दिन नेप्से सामान्य अंकले घटे पनि कारोबार भने उच्च

नेपालखोज २०७८ जेठ १३ गते १५:५७

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से घटेको भएपनि सेयर कारोबार रकमले भने हालसम्मकै उच्च रेर्कड बनाएको छ ।

नेप्से आज एक दशमलव दुई अंकले घटेर २८ सय १५ दशमलव ३९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २८ अंकले घटेर पाँच सय तीन दशमलव ७० अंकमा पुगेको छ । आज दुई सय १५ वटा कम्पनीहरुको एक लाख ४७ हजार चार सय ९३ पटकको कारोबारमा चार करोड १८ लाख १३ हजार नौ सय ९४ कित्ता सेयर खरिद विक्री हुंदा कुल कारोबार रकम १४ अर्ब ७६ करोड ८८ लाख आठ हजार चार सय ९२ रुपैयाँ पुगेको छ । नेप्सेको आज भएको यो कारोबार रकम हालसम्मकै उच्च हो ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार हुंदा छ वटा समूहको सूचक घटेर सात वटा समूहको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ४६ अंकले घटेर १८ सय ५७ दशमलव पाँच अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ३६ दशमलव ३६ अंकले घटेर १८ हजार चार सय ३७ दशमलव ७७ अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटन, लघुवित्त, अन्य र लगानी समूहको सूचकहरु पनि घटेका छन् ।

विकास बैंक समूहको सूचक भने एक सय १४ दशमलव तीन अंकले बढेर तीन हजार चार सय ५० दशमलव १० अंकमा चढेकोमा निर्जिवन बीमा समूहको सूचक पनि एक सय ४२ दशमलव २९ अंकले बढेर १४ हजार सात सय ६१ दशमलव ५५ अंकमा चढेको छ । यि बाहेक जलविद्युत, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समूहरुको सूचक पनि बढेका छन् ।

आज खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ५३ रुपैंयामा कारोबार हुंदा समता लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव २३ प्रतिशतले घटेर १६ सय ६८ रुपैयाँमा कारोबार हुंदा मेरो लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव छ प्रतिशतले घटेर १६ सय ८९ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको भने आज प्रतिकित्ता तीन सय ७६ रुपैयाँ अन्तिम मूल्यमा ४३ करोड २८ लाख ३४ हजार चार सय एक रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया