सुदूरपश्चिमका तीन मन्त्रीलाई सोधियो २४ घण्टे स्पष्टीकरण
नेपालखोज
२०७८ जेठ १३ गते १६:१७

कैलाली । नेकपा (एमाले) ले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको भन्दै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको भन्दै उनीहरूसँग जवाफ मागिएको छ । सोमबार एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

सम्बन्धित

प्रतिक्रिया