कञ्चनपुरमा कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक बिदा
नेपालखोज
२०७८ जेठ १३ गते १९:४५

कञ्चनपुर । बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ ।
कार्कीको निधन पछि नगरपालिका आज शोक बिदा दिईएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ । कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताए । नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उनले बताए । कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिएकी उनलाई बैशाख १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया