प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान जलाउन खोजे : कानुनविद्

नेपालखोज २०७८ जेठ १३ गते २०:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप कानुनविद्हरुले लगाएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालद्धारा आयोजित माहामारी र प्रतिगमन बिरुद्ध अन्तरक्रियात्मक जागरण अभियान अन्तर्गत बिहिबार सम्पन्न भएको भर्चुअल बैठकमा बोल्दैँ कानुन विद्हरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध हो, सरकारले गरेको संसद् विघटन असंवैधानिक तरिकाले गरियो, जुन संविधानमाथिको बलात्कार हो ।, सम्बोधनका क्रममा बैठकमा सहभागी सबै कानुनविद्हरुले भने, प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई छैन् । सभामुखले राष्ट्रपतिलाई संसद अधिवेशन डाक्न सिफारिस गर्नुपर्छ ।’

कार्यक्रमको सहजीकरण स्कुल अफ डेमोक्रेसी नेपालकाका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ राना भाट, नेपाल बार एसोसियनका पूर्व अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु मुक्तिनारायण श्रेष्ठ, मिथिलेश कुमार सिंह, अधिवक्ताहरु गोबिन्द शर्मा बन्दी, सुनिलकुमार पोखरेल, लक्ष्मी दाहाल रावल लगायतले बैठकमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया