बेलायतले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो, स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण

नेपालखोज २०७८ जेठ १४ गते १०:२३

काठमाडौं । बेलायत सरकारले नेपाल सरकारलाई पठाएको २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री सहयोग गरेको छ ।

कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि पठाइएका सामानसहित हिजो बेलायतबाट पठाएइको विमान आज विहान काठमाडौं आइपुगेको हो ।

विमानस्थलमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।

अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि लण्डन स्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेषगरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्स अन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया