राष्ट्रियसभा सदस्य देवकोटाले लिए शपथ
नेपालखोज
२०७८ जेठ १४ गते १४:०३

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट उनले शपथ लिएका हुन् । लगत्तै उनले पदभारसमेत ग्रहण गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिएका छन् ।
राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको जेठ ६ गते देवकोटा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी रामबहादुर थापा भने पराजित भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया