रणनीतिक पूर्वाधारहरुको क्षेत्रमा इतिहासमै धेरै उपलब्धि हासिल गरेको ओलीको दाबी

नेपालखोज २०७८ जेठ १४ गते १७:०२
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक पूर्वाधारहरुको क्षेत्रमा इतिहासमै धेरै उपलब्धी हासिल गरेको दावी गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक, बोटर र झोलुङ्गे पुल, तुइन विस्थापनलगायतका क्षेत्रमा भइरहेका प्रगतिबारे यस अघि नै बताइसकेको उनले बताए ।

कुल रणनीतिक सडकमध्ये १७ दशमलव १ प्रतिशत सडक विगत तीन वर्षमा निर्माण भएको ओलीको भनाइ छ । साथै उनले तीन वर्षमा सम्पन्न गर्ने गरि १ सय ६५ वटा निर्वाचन क्षेत्रमा एक र एक रणनीतिक सडक र स्थानिय तहहरुलाई एकआपसमा जोड्ने र सबै स्थानिय तहका केन्द्रदेखि प्रदेश राजधानी जोड्ने सडकको निर्माण सुरु भएको बताए । सबै पालिका र क्षेत्रहरुमा यसको दुरगामी प्रभाव पर्ने उनले बताए ।

प्रतिक्रिया