विश्वमा चौबीस घण्टामा ५ लाख संक्रमित थपिए, १२ हजारको मृत्यु

नेपालखोज २०७८ जेठ १५ गते ६:५७

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा ५ लाख २ हजार ३३९ जना कोरोना संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म वल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारतमा एक लाख ७१ हजार ७२६ जना थपिएका छन् ।

त्यसैगरी ब्राजिलमा ५० हजार ४९५, अर्जेन्टिनामा ३९ हजार २०७ जना, अमेरिकामा २२ हजार ४९८, फ्रान्समा ११ हजार २६८ जना थपिएका छन् ।
यससँगै विश्भर कोरोना संक्रमितको कुल संख्या १७ करोड १ लाख १९ हजार ३१५ पुगेको छ ।

यहि अवधिमा ११ हजार ८८५ जना संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पनि सबैभन्दा धेरै भारतका रहेका छन् । जहाँ ३ हजार ५६३ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा २ हजार ४१८, अमेरिकामा ६१५, अर्जेन्टिनामा ५५८ र रुसमा ४०४ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३५ लाख ३७ हजार ७० पुगेको छ ।

प्रतिक्रिया