कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै अमेरिकी राष्ट्रपति बाइडनलाई राष्ट्रपति भण्डारीकाे पत्र

नेपालखोज २०७८ जेठ १५ गते ११:५५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् ।

उनले अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडालाई पत्र पठाएकाे र उनले उक्त पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएकाे जनाइएकाे छ ।

अमेरिकाले विभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई अनुराेध गरेको हो ।

प्रतिक्रिया