मंगलबार, असार २४, २०८२

सडक यातायातको क्षेत्रमा एक खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन

नेपालखोज २०७८ जेठ १५ गते १८:१९

काठमाडाैं । आगामी आर्थिक वर्षका लागि सरकारले सडक यातायातको क्षेत्रमा एक खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सडक क्षेत्रलाई विशेष जोड दिएको जनाएको छ ।

पूर्व-पश्चिम राजमार्ग फराकिलो बनाउने, तीन सय वटा पुल निर्माण गरिने बजेटमा उल्लेख छ । पुल निर्माणका लागि ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिने भएको छ । मदन भण्डारी मार्ग, हुलाकी मार्ग र मध्यपहाडी लोकमार्गको अपूर्ण खन्ड पूरा गरिने उल्लेख छ । 

सुरुङ मार्गलाई बजेटमा जोड दिइएकाे साथै नागढुङ्गा-नौबिसेसम्मको सुरुङ मार्गका लागि नौ अर्ब रुपैयाँ विनियोजन भएको छ । सिद्धबाबामा सुरुङ मार्गका लागि बजेट विनियोजन भएको छ ।

यस्तै काठमाण्डौको तीनकुने-जडीबुटी खन्डमा पनि सुरुङ बनाउन बजेट विनियोजन भएको छ । विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माणको अध्ययन गरिने अर्थमन्त्रीले जनाएका छन् ।

सबै प्रदेशबाट इम्बोस्ड नम्बर वितरण गराइने बजेटमा उल्लेख गरिएको छ । साझा यातायातमार्फत काठमाडाैंमा कम्तीमा एक सय वटा विद्युतीय बस चलाइने उल्लेख छ ।  

प्रतिक्रिया