थाई राजपरिवारले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
नेपालखोज
२०७८ जेठ १६ गते १४:४५

काठमाडौं। थाइल्यान्डको राजपरिवारले कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । थाई राजपरिवारले पठाएको स्वास्थ्य सामग्री आइतवार बिहान प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार पाँच सय २० थान, फेस शिल्ड पाँच हजार थान, अक्सिजन कन्सन्ट्रेटर आठ थानलगायत स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको हो ।
त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहका बीच नेपालका लागि थाई राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया