सेनाको कारबाहीमा परी अफगानिस्तानमा ९ तालिबानी लडाकुको मृत्यु

काठमाडौं । अफ्गानिस्तानमा सेनाको कारवाहीमा परी ९ जना तालिबानी लडाकूको मृत्यु भएको छ । लघमन प्रान्तको अलिसिङ जिल्लामा आज विहानै अफगानी सेनाले गरेको कारबाहीमा कम्तीमा ९ जना तालिबानी लडाकूको मृत्यु भएको बताइएको छ ।
प्रान्तीय सरकारले एक विज्ञप्ति जारी गर्दै तालिबानी लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको बताएको छ । सेनाले गरेको कारबाहीमा तालिबानी लडाकू मारिएका तर सर्वसाधारण र सुरक्षाफौज तर्फ भने कुनै पनि क्षति नभएको जनाइएको छ ।
राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम शहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुने गरेको छ ।
तालिबानीले लघमनको मेहतारलाम शहर कब्जा गर्न प्रयास गरिरहेका छन् तर सरकारी फौजलाई त्यसलाई असफल तुल्याउँदै आएको छ । तालिबान समूहले भने आजको घटनाका बारेमा कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
प्रतिक्रिया